पर्यटन मन्त्रालयका एक अधिकृतलाई कोरोना पुष्टि

पर्यटन मन्त्रालयका एक अधिकृतलाई कोरोना पुष्टि

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक शाखा अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालय स्रोतका अनुसार बिहीबार आएको रिपोर्टमा ती अधिकृतमा कोरोना पोजेटिभ देखिएको हो।

ती अधिकृतलाई संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङसमेत भइरहेको मन्त्रालयले जनाएको छ।
यसैसाताको सुरुमा मन्त्रालयका सबै कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो।

सरकारले सिंहदरबारभित्रका सबै कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको थियो। एक अधिकृतमा संक्रमण देखिएसँगै मन्त्रालयले उच्च सतर्कताका साथ कार्यसम्पादन गर्न कर्मचारीहरुलाई भनेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार