पर्सामा थप २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २८ पुग्यो

पर्सामा थप २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २८ पुग्यो

काठमाडौँ । पर्सा जिल्लामा पछिल्लो १२ घण्टाको अवधिमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। शुक्रबार राति वीरगञ्ज महानगरपालिका-४ का ५८ वर्षीय पुरुष र शनिबार बिहान बहदुरमाई नगरपालिकाका ६१ वर्षीष पुरुषको मृत्यु भएको हो।

शुक्रबार मात्रै उपचारका लागि भर्ना भएका ५८ वर्षीय व्यक्तिमा डायबेटिज र किड्नीको पनि समस्या रहेको चिकित्सक डा. निरज सिंहले बताए। स्वास्प्रश्वासमा समस्या देखिएपछि भर्ना भएका उनको राति मृत्यु भएको थियो।

त्यसैगरी ६१ वर्षीय पुरुषमा दुई दिन अघिबाट मात्रै खोकी लाग्ने, स्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिएपछि नारायणी अस्थाई कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो।

भेन्टिलेटरमा उपचारको क्रममा उनको मृत्यु भएको डा. सिंहले जानकारी दिए। योसँगै पर्सामा जिल्लामा कोरोना संक्रमित २८ जना व्यक्तिको मृत्युु भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार