बलात्कारमा संलग्न भएको आरोपमा एकजना पक्राउ

बलात्कारमा संलग्न भएको आरोपमा एकजना पक्राउ

काठमाडौँ । सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा धनुषामा एकजना पक्राउ परेका छन्। भदौ १ गते चार जनाले युवतीलाई कुटपिट गरेर बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेको र अन्य तीनजना फरार रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

पक्राउ पर्ने धनुषाको धनुषाधाम नगरपालिका- २ धरमपुरका १९ वर्षीय विजयकुमार यादव रहेको धनुषा प्रहरीले जनाएको छ। भदौ १ गते पीडित युवती आफ्नो गाउँका दुई जना दाइसँग आफ्नो दिदी घर नौसयबाट घर फर्कने क्रममा धरमपुर सडकस्थित २ वटा मोटरसाइकलमा सवार ४ जनाले रोकेर कुटपिट गरेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

अनुसन्धानको क्रममा पीडितले टिपाएको हुलियाको आधारमा एकजनाको पहिचान भएकोले पक्राउ गरी आइतबार जिल्ला अदालत धनुषाबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको प्रहरी प्रवक्ता मिश्रले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार