बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

काठमाडौं । बुटवलको काेराेना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एक काेराेना संक्रमितको मृत्यु भएको छ ।

कपिलवस्तु जिल्लाकाे कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेको डा. थापाले बताएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार