अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा चौकुने–६ का सात वर्षीय बालक खगेन्द्र बयक रहेका छन्। समयमै उपचार नहुँदा उनको शुक्रबार राति ९ बजे बाटोमै मृत्यु भएको हो।

बालक घर नजिकै माथिल्लो भावरको नजिक रातीमाटे डाँडामा आफ्ना साथीहरुका साथमा गाई–गोरु चराउन गएका थिए। दिउँसो ४ बजे अरिङ्गालले टोकेपछि उनी हतारहतार घरमा फर्किएका थिए।

घरमा फर्किएपछि बयकलाई घरेलु उपचार गर्दागर्दै बेहोस भएका थिए। त्यसपछि उपचार गर्न लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो। गुटुमा रहेको स्वास्थ्य चौकी लैजाने क्रममा बालकको मृत्यु भएको नेकपा चौकुने गाउँपालिकाका सचिव हरि अधिकारीले जानकारी दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार