थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि

थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन । उहाँका अनुसार हालसम्म २० हजार ५ सय ५५ जना निको भएर घर फर्किएका छन् भने १६ हजार ५७८ संक्रिय संक्रमित छन्। ६४४५ जना होम आइसोलेसनमा छन् भने १०१४५ संस्था आइसोलेनसमा छन्।

यस्तै मन्त्रालयका अनुसार आज ३१३ निको भएर डिस्चार्ज छन् हालसम्म ५५ प्रतिशत संक्रमित निको भएर घर फर्किएका छन्। आज १० हजार ९ ७१ जनाको पिसिआर परीक्षण भएको छ भने हाल ८ हजार ३५ जना क्वारेन्टाइनमा छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार