दाङको राप्ती प्रादेशिक अस्पताल सिल

दाङको राप्ती प्रादेशिक अस्पताल सिल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका २ चिकित्सकसहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि अस्पताल सिल गरिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेका अनुसार शनिबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अस्पताल र अस्पताल परिसरको ५० मिटर क्षेत्रभित्र सिल गरिएको छ ।

प्रादेशिक अस्पतालका २ चिकित्सक, ३ स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीमा कोरोना पुष्टि भएको छ ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाइएको तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार