कालिकोटमा पहिरोले ५ घर बगायाे एकको मृत्यु, ७ वेपत्ता

कालिकोटमा पहिरोले ५ घर बगायाे एकको मृत्यु, ७ वेपत्ता

सुर्खेत । कालिकोटमा पहिरोले घर बगाउदा एकको मृत्यु भएको छ भने ७ वेपत्ता छन । जिल्लाको तिलागुफा नगरपालिका १ नाग्म बजारमा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ । आइतबार बिहान गएको पहिरोमा परी पुरिएको अवस्थामा एकजनाको शव फेला हो। दुईजना घाइते भने उउद्धार गरी उपचालका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिए ।

उनका अनुसार कालिकोट र जुम्लाको सीमानामा रहेको नाग्म बजारमा खसेको पहिरोमा पाँच घर पुरिएका छन् । ७ जनाभन्दा बढी स्थानीय वेपत्ता रहेको अनुमान गरिएको छ । पहिरो ग्रस्त स्थानमा रहेको प्रहरी चौकी नाग्मका प्रहरी र स्थानीयले पहिरोमा पुरिएकाको खोजी कार्य जारी राखेका छन् ।

जिल्लाबाट प्रहरी निरिक्षक यक्षराज जोसीको नेतृत्वमा थप प्रहरीको टोली घटनास्थल पठाइएको छ । टेलिफोनको समेत सुविधा नरहेको उक्त बजारमा पहिरोबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार