काठमाडौँमा कोरोना संक्रमितलाई होटलमा राखिने

काठमाडौँमा कोरोना संक्रमितलाई होटलमा राखिने

काठमाडौँ । काठमाडौँमा अस्पताल भर्ना नपर्ने कोरोना संक्रमितलाई होटलमा राखिने भएको छ। काठमाडौँ महानगरपालिकाले होटल एसोसिएसन नेपाल हानसँग होटलहरुको नाम उपलब्ध गराउन पत्राचार गरेको छ।

यता हानले आफ्ना सदस्यलाई सोमबारसम्म नाम उपलब्ध गराउन पत्राचार गरेको छ। सरकारले अस्पताल भर्ना गर्न नपर्ने र लक्षण नदेखिएका कोरोना संक्रमितलाई होम आइसोलेशनमा राख्ने र यदी घरमा बस्न सम्भव भए उनीहरुलाई आइसोलेशन सेन्टरमा राख्ने निर्णय गरेको थियो। आईसोलेशनमा राख्ने निर्णयअनुसार होटलहरुको खोजी सुरु भएको हो।

होटल आइसोलेशनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी राखिने छ। होटलले खाना उपलब्ध नगराइए बाहिरबाट खाना ल्याउन सक्ने विकल्प पनि उनीहरुलाई दिइएको छ। होटल आइसोलेशनको सम्पुर्ण खर्च सरकारले ब्यहोर्ने छ भने संक्रमित राख्ने होटललाई संक्रमणमुक्त होटलको प्रमाणपत्र उपलब्ध गराइने जनाइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार