असोज १ देखिबाट आन्तरिक उडान खुल्ने

असोज १ देखिबाट आन्तरिक उडान खुल्ने

काठमाडौं । सरकारले आन्तरिक उडान असोज १ गतेबाट मात्र खुलाउने भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि आन्तरिक उडान खुलाउने मिति पुन पछि सारिएको हो। यसअघि सरकारले भदौ १ गतेबाट आन्तरिक उडान खुलाउने निर्णय गरेको थियो।

त्यसपछि पनि कोरोना संक्रमण बढेको भन्दै पुन: भदौ १६ गतेसम्मका लागि उडान बन्द गर्ने निर्णय गरेको थियो। यसअघि निजी हवाई सेवा प्रदायक कम्पनीले भदौ १६ गतेबाट उडान सुरु नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार