होम आइसोलेसनमा बसेकी संक्रमित महिला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु

होम आइसोलेसनमा बसेकी संक्रमित महिला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु

काठमाडौँ । होम आइसोलेसनमा बसेकी उपचारका लागि अस्पताल लैजाँदै गर्दा रुपन्देहीको तिलोत्तमाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेकी तिलोत्तमा नगरपालिका-५ की ६८ वर्षीया महिलाको आइतबार साँझ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

भैरहवाको भीम अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको तिलोत्तमा नगरपालिकाका कोरोना फोकल पर्सन इश्वरी पौडेलले बताए । अस्पतालले भने साँझ ९ बजे मृत घोषणा गरेको थियो । मृतक सुगर र प्रेसरकी बिरामी थिइन् ।

नगरपालिकाका फोकल पर्सन पौडेलका अनुसार ती महिलालाई आइतबार बिहानदेखि श्वासप्रश्वाशमा समस्या आएको थियो । उनलाई भदौ ११ गते संक्रमण देखिएको थियो । मृतकका घरमा उनीबाहेक अरुमा संक्रमित छैनन् । योसँगै तिलोत्तमामा कोरोना संक्रमणबाट मर्नेको संख्या ३ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार