बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, पाँच जना घाइते

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, पाँच जना घाइते

काठमाडौँ । बिरामी बोकेर काठमाडौँबाट उपचारको लागि नारायणघाट जादैँ गरेको एम्बुलेन्स दुर्घटनामा भएको छ । मंगलबार बिहान पौने पाँच बजे ना ५ च १०३० नम्बरको एम्बुलेन्स चितवनको ईच्छाकामना गाउँपालिका-३ फिस्लिङमा सडकबाट एक सय मिटर तल खस्दा दुर्घटना भएको हो।

घटनामा एम्बुलेन्समा सवार पाँच जना घाइते भएको सशस्त्र प्रहरीका एसएसपी कालिदास धौबजीले जानकारी दिएका छन्। उनीहरूको उद्दारका लागि सशस्त्र प्रहरीका प्रहरी निरीक्षक अजय थापा सहित नौं जनाको टोली खटिएको थियो।

यस्तै झापा गौरीगन्ज गाउँपालिका-१का एम्बुलेन्स चालक ३० वर्षीय सरोज दाहाल, सर्लाही बथवा नगरपालिका(२ हजारियाकी ५९ वर्षीया डिलमाया रानामगर, ३५ वर्षीय कनरबहादुर रानामगर र २६ वर्षीया मेककुमारी मगर सामान्य घाइते भएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार