इप्रका बुटवलमा कार्यरत थप ११ प्रहरीलाई कोरोना पुष्टि

इप्रका बुटवलमा कार्यरत थप ११ प्रहरीलाई कोरोना पुष्टि

काठमाडौँ । बुटवलका थप ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गएराति आएको रिपोर्ट अनुसार इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत ११ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो । यसअघि १० भदौमा १५ थुनुवा र ४ जना प्रहरीमा कोरोना पुष्टि भएको थियो ।

योसँगै इलाका प्रहरी कार्यालयमा संक्रमितको संख्या ३० पुगेको छ । थुनुवा र प्रहरीमा कोरोना पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएका र लक्षण देखिएका प्रहरीमा गरिएको परीक्षणमा सोमबार थप ११ जनामा कोरोना पुष्टि भएको हो । यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार  प्रहरी जवानदेखि जुनियर अधिकृतसम्मका २४ जनाको स्वाब संकलन गरेर पठाइएकामध्ये १९ जनाको रिपोर्ट आएको र त्यसमध्ये ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको र अन्य ५ जनाको रिपोर्ट आउन बाँकी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार