आज थप ११ जना कोरोना संक्रमितको मृत्यु

आज थप ११ जना कोरोना संक्रमितको मृत्यु

फाईल फोटो

काठमाडौँ । पछिल्लो २४ घण्टामा चार वर्षीया बालिकासहित नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मृत्युहुनेमा महोत्तरीकी ४ वर्षीया बालिका, महोत्तरीका ३७ वर्षीय एक पुरुष, काठमाडौं उपत्यकामा ७० र ३५ वर्षका दुई पुरुषको काेराेनाका कार०ा मृत्यु भएको हो ।

यसैगरी पर्साका ५३, ६० र ८० वर्षीय पुरुष, सिरहाका ६५ वर्षीय पुरुष, चितवनका ५२ वर्षी पुरुष र मकवानपुरका ५८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार