वीरका चिकित्सक र नर्ससहित ७१ जनालाई कोरोना संक्रमण

वीरका चिकित्सक र नर्ससहित ७१ जनालाई कोरोना संक्रमण

काठमाडौँ । वीर अस्पतालका चिकित्सक, नर्स कर्मचारीलगायत ७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार साझ १३ जना नर्स र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै वीर अस्पतालमा कार्यरत ७१ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा केदार सञ्चुरीले जानकारी दिए ।

संक्रमण पुष्टि भएका चिकित्सक, नर्स तथा अन्य कर्मचारीमा कोरोना भाइरससँग सम्बन्धित लक्षण देखिएका छैनन् । संक्रमण पुष्टि भएका प्रायः होम आइसोलेसनमा रहेको र भोलिसम्मको अवस्था हेरेर अन्य निर्णय गरिने उनले बताए । उनले संक्रमितको अवस्था हेरेर होटल तथा होस्टेल बुकिङ गरेर आइसोलेसनमा राख्ने तयारी गरिएको पनि जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार