चितवनमा थप २८ जनामा कोरोना संक्रमण

चितवनमा थप २८ जनामा कोरोना संक्रमण

काठमाडौँ । चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २८ जना चितवन जिल्लाका छन् । अन्य ७ जना नवलपरासी, धनुषा, रुपन्देही, सिरहा र बाराका रहेका प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन् ।

चितवनका २८ जनामध्ये भरतपुर महानगरपालिकामा १६ पुरुष र १० महिला गरी २६ जना संक्रमित थपिएका छन् । भरतपुर महानगरपालिका वडा नं। २, ३, ७, ९, १०, ११, १२, १५, १६, १७, २० र २६ मा संक्रमित थपिएका हुन् । उनीहरु २१ देखि ५८ वर्ष उमेर समूहका छन् ।

यसैगरी चितवनकै रत्ननगर नगरपालिका १० मा २७ वर्षीया एक महिला, राप्ती नगरपालिका ९ मा ३५ वर्षीया एक महिला, नवलपरासीका २ पुरुष र एक महिलामा कोरोना पुष्टि भएको डा। अधिकारीले जानकारी दिइन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार