टिचिङमा आइसियूमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

टिचिङमा आइसियूमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइसियूमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाले दिएको जानकारी अनुसार काठमाडौं मैतिदेवीका ७५ वर्षीय एक  पुरुष र तनहुँ घर भएकी २० वर्षीया एक महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।

कोरोना संक्रमित दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो । डाक्टर थपलियाका अनुसार काठमाडौँका ७५ बर्षका पु्रुषलाई सुगर प्रेसरको समस्या भएपछि भदौ १५ गते अस्पताल भर्ना भएका थिए ।

त्यस्तै २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या थियो । डायलासिस गराइरहेकी उनी १६ गते नै भर्ना भएकी थिइन् । दुबै मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार