वीर अस्पतालको बहिरंग सेवा दुई दिन बन्द

वीर अस्पतालको बहिरंग सेवा दुई दिन बन्द

काठमाडौं । वीर अस्पतालको ओपिडी सेवा दुई दिनको लागि बन्द गरिएको छ । मंगलबार दिउँसो थप ३ जना बिरामी र १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारी गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि अस्पतालको बहिरंग सेवा बन्द गरिएको छ ।

बुधबार र बिहीबार ओपीडी बन्द भए पनि आकस्मिक र प्रशासनिक सेवा भने नियमित रुपमा सञ्चालन हुने अस्पतालले जानकारी दिएको छ । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले अहिलेसम्म १२ चिकित्सक, १२ नर्ससहित ७१ जना स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण देखिएको बताए ।  उनका अनुसार निसंक्रमण र कन्ट्याक्ट टेसिङका लागि दुई दिन ओपिडी बन्द गर्ने निर्णय गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार