सिरहामा एकआपसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहामा एकआपसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । सिरहामा एकआपसमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । बुधबार साँझ करिब ७ बजे सिरहा नगरपालिका-११ भलुवाही स्थित सिराह चौहर्वा सडक खण्डमा दुईवटा मोटरसाईकल एकआपसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको र एक जना गम्भिर घाइते रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

सिरहा बाट चोहर्वा तर्फ आउदै गरेको स ४ प ४६१० नम्बरको मोटरसाईकलले चोहर्वाबाट सिरहा तर्फ जादै गरेको स ४ प ७९२१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको छ।

स ४ प ७९२१ नम्बरको मोटरसाइकलमा सवार सिरहाको धनगढीमाई नगरपालिका-१० का अन्दाजी ५१ वर्षीय दिपक कुमार पंजियारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको र स ४ प ४६१० नम्बरको मोटरसाइकलमा सवार सिरहा नगरपालिका-९ गुलरीयाका अन्दाजी ३५ वर्षीय सिल्टु ठाकुरको उपचारको लागि लहान तर्फ पठाइएकोमा बाटोमै मृत्य भएको सिरहा प्रहरीले जनाएका छ।

त्यस्तै ठाकुरको मोटरसाइकलको पछाडि सवार गुलरीयाकै अन्दाजी ३५ वर्षीय जितेन्द्र महरा भन्ने शिव कुमार महराको भुमिजा अस्पताल लहान सिरहामा उपचार भइरहेको र अबस्था गम्भिर रहेको प्रहरी प्रवक्ता घिमिरेले जानकारी दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार