बुटवल र चितवनमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

बुटवल र चितवनमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

फाईल फोटो

काठमाडौँ । बुटवल र चितवनमा थप एक एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका-११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल आएकी ती महिलाको बुधबार साँझ नै जिन एक्सपर्ट मेसिनमार्फत पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

कोरोना पुष्टि भएपछि महिलालाई अस्पतालकै फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेकामा बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए ।

यस्तै चितवनको भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको गएराति चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार उनमा झाडापखाला, खोकी र सोडियमको मात्रा कम थियो । उनको भदौ १० गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

अवस्था जटिल भएपछि ती महिलालाई आइसियूमा भेन्टिलेटरको सहायतामा राखिएको थियो । डाक्टर लम्सालका अनुसार चितवनमा कोरोनाबाट हालसम्म १८ जनाको मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार