रेडक्रसको स्थापना दिवशको अवसरमा कैदीबन्दीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

रेडक्रसको स्थापना दिवशको अवसरमा कैदीबन्दीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

संगम देवकोटा। मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न “माया” भन्ने मूल सन्देशका साथ विविध गतिविधिको आयोजना गरी नेपाल रेडक्रस सोसाइटीले आफ्नो ५८ औं स्थापना दिवस देशभर मनाइरहेको छ । यस अवसरमा देशभरीका ७ वटै प्रदेश, ७७ वटै जिल्ला शाखा, करिब १५०० भन्दा वढी उपशाखा र जुनियर युवा सर्कलहरुले विविध कार्यक्रमको आयोजना गरिरहेका रेडक्रसले जानकारी दिएको छ ।

यस्तै रेडक्रम सोसाइटी रुकुम पश्चिमले पनि आज ५८ औँ स्थापना दिवसको अवसरमा जिल्ला कारागारका कैदीबन्दी, सुरक्षाकर्मी र कारागारका कर्मचारीहरु लाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । रेडक्रस रुकुमका कोषाध्यक्ष यज्ञ बहादुर केसीका अनुसार १३३ कैदीबन्दी, २३ सुरक्षाकर्मी र ९ जना कारागारका कर्मचारीलाई ८५० वटा सर्जिकल माक्स र १६५ वटा हातधुने साबुन रेडक्रस सभापति रमा गौतमले जिल्ला कारागार प्रमुख गौमता पुनलाई हस्तान्तरण गर्नुभएको हो । रेडक्रस रुकुमले यसअघि पनि कोरोना भाइरस रोगथाम तथा नियन्त्रणको लागि सुरक्षाकर्मी र कैदीबन्दीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार