भुजीखोलामा बाढीपहिरो : २४ जना अझै बेपत्ता

भुजीखोलामा बाढीपहिरो : २४ जना अझै बेपत्ता

फाइल फाेटो

काठमाडौं । भदौ १६ गते बागलुङको भुजीखोलामा आएको बाढी पहिरोका कारण १४ जनाको मृत्यू भएको छ भने २४ जना अझै वेपत्ता रहेका छन् । बेपत्ताहरुको खोजी जारी रहेको छ । बाढीले ढोरपाटन नगरपालिकाको ५, ६, ७, ८ र ९ को ८० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पु¥याएको छ ।

बाढीले ११ वटा लघुजलविद्युत आयोजना, एउटा स्वास्थ्य इकाइ, ११ वटा झोलुंगे पुल, ५ वटा ढलान पुर, १० वटा काठे पुर र दुई विद्यालयमा पनि क्षति पुगेको नगरपालिकाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

त्यस्तै शुक्रबार बिहान ८ बजेदेखि प्रहरी र सेनाको टोलीले फेरि उद्धारकार्य सुरु गरेको छ । बिहीबार खोजी गर्दा खोलाले बगाएर १० किमी तलसम्म पुगेको अवस्थामा शव भेटिएका थिए । विस्थापितलाई खानेबस्ने समस्या भएपछि बिहीबारै केही संस्थाले खाद्यान्न र लत्ताकपडा सहयोग गर्न थालेका छन् ।

नेपाल रेडक्रस सोसाइटी बागलुङ, राधामाधव समिति, गण्डकी प्रदेशसभा सदस्य मणिभद्र शर्मा, नगरप्रमुख देवकुमार नेपाली, कांग्रेस क्षेत्रीय सभापति द्रोण कुँवरलगायत नेताहरूसमेत पुगेर सामग्री वितरण गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार