सभामुख महरा र साउदी कार्यवाहक राजदूत अब्दुलबीच भेटवार्ता

सभामुख महरा र साउदी कार्यवाहक राजदूत अब्दुलबीच भेटवार्ता

काठमाडौं, ५ असोज । सभामुख कृष्णबहादुर महरा र नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनबीच शिष्टाचार भेटवार्ता भएको छ । सभामुखको सचिवालय सिंहदरबारमा शुक्रबार (आज) उहाँह?को भेटवार्ता भएको हो ।

भेटका अवसरमा सभामुख महराले साउदी अरब र नेपालको कूटनीतिक सम्बन्ध सुमधूर रहेको बताउनुभयो । साउदी अरबको ८८ औं राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्नुहुँदै सभामुख महराले आगामी दिनमा नेपाल र साउदी अरबबीच अझैं प्रगाढ सम्बन्ध विस्तार हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

‘नेपाल र साउदी अरबको कूटनीतिक सम्बन्ध सुमधूर र बलियो रहेको छ, उहाँले भन्नुभयो, ‘हाम्रो औपचारिक सम्बन्ध मात्रै नभई जनस्तरबाट पनि दुई देशबीच बलियो सम्बन्ध रहेको छ ।’

राजनीतिक र कूटनीतिक स्तरमा मात्रै नभई जनस्तरमा पनि दुई देशको सम्बन्ध रहेको चर्चा गर्नुहुँदै सभामुख महराले नेपालका लाखौं नागरिकह? साउदी अरबको श्रम बजारमा रोजगारीका लागि पुगेको बताउनुभयो ।

‘अहिले नेपालका लाखौं नागरिकह? रोजगारीका लागि साउदी अरबमा पुगेका छन्, सभामुख महराले भन्नुभयो, ‘साउदी अरबमा नेपाली नागरिकह?को पेशागत तथा भौतिक सुरक्षा जस्ता सवाल हाम्रो चासोका विषयह? हुन्, यसमा साउदी अरब सरकारले विशेष ध्यान दिनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

भेटमा नेपालस्थित साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले साउदी अरब र नेपालको सम्बन्ध मजबुत रहेकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले वैदेशिक रोजगारीका लागि आफ्नो देशमा पुगेका नागरिकह?लाई साउदी अरब सरकारले सुरक्षामा विशेष ध्यान दिने बताउनुभयो ।

यहीँ सेप्टेम्बर २३ मा साउदी अरबको ८८ औं राष्ट्रिय दिवस काठमाडौंमा पनि विशेष समारोहका बीच मनाउन लागिएको बताउँदै अब्दुलकरिमले उक्त समारोहमा आतिथ्यताका लागि सभामुख महरालाई आग्रह गर्नुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार
Posted in Uncategorized

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार