अर्थमन्त्री खतिवडाले दिए प्रधानमन्त्री ओलीसमक्ष राजीनामा

अर्थमन्त्री खतिवडाले दिए प्रधानमन्त्री ओलीसमक्ष राजीनामा

काठमाण्डौ । अर्थ एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री डा युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष खतिवडाले राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।

२०७४ सालको फागुनमा अर्थमन्त्री हुनुभएका खतिवडाको राष्ट्रिय सभा सदस्य पद गएको फागुनमा सकिएको थियो । तर राष्ट्रिय सभा सदस्य पद ६ महिनासम्म थपिने र मन्त्री बन्न पाउने प्रावधानका कारण उनले फागुनमा दोस्रो पटक सपथ लिएका थिए ।

अहिले भने नेकपाले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाले राजीनामा दिएका हुन । उनकाे राष्ट्रिय सभाको पदावधि भोलि शनिबार सकिँदैछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार