जग्गा कित्ताकाट खुल्यो

जग्गा कित्ताकाट खुल्यो

काठमाडौं । सरकारले खेतीयोग्य जमिनमा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए ।
दहितले बन्द गराएको कित्ताकाट अर्यालले फुकुवा गरेकी हुन । भू–उपयोग ऐन र प्रचलित कानूनको परिधिमा रही जग्गाको कित्ताकाट खुलाउन मन्त्रालयले मातहतका कार्यालयलाई परिपत्र गरेको हो। भू–उपयोग नियमावली जारी भई भू–उपयोग नक्शा र डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण नहुन्जेलसम्मका लागि कृषियोग्य जग्गामा कित्ताकाट गर्न सकिने मन्त्रालयले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार