अनसन बसेका पूर्वमन्त्री पासवानले भने : प्रहरीले घर पनि जान दिइएन

अनसन बसेका पूर्वमन्त्री पासवानले भने : प्रहरीले घर पनि जान दिइएन

काठमाडौँ । रौतहटमा प्रहरीको थुनाभित्र मृत्यु भएका विजय रामको हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनसनमा बसेका पूर्वमन्त्री विश्वेन्द्र पासवानले आफूलाई प्रहरीले होटलमा बन्दी बनाएको आरोप लगाएका छन् ।

उनले आफूलाई सिरहाको मिर्चैयास्थित होलिडे होटलभित्र राखेको बताएका छन् । ‘घर जान खोज्छु, घर पनि जान दिइरहेको छैन’ उनले भने । रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालय अगाडि आमरण अनसन बसेका पासवानलाई १८ भदौको राति प्रहरीको टोलीले धरान पुर्‍याएको थियो ।

चार दिनअघि उनलाई सिरहा ल्याइएको छ । सिराहामै स्वाब संकलन गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आउँदा पनि होटलको एउटा कोठाभित्र पासवानलाई राखिएको उनका स्वकिय सचिव रोशन पासवानको भनाइ छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार