सिरहामा ५९ जना कैदीबन्दीलाई कोरोना संक्रमण

सिरहामा ५९ जना कैदीबन्दीलाई कोरोना संक्रमण

काठमाडौा । जिल्ला कारागार सिरहाका ५९ जना कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षमताभन्दा चार दोब्बर कैदीबन्दी रहेको यस कारागारमा एकै दिन ५९ जना कैदीबन्दी संक्रमित भेटिएपछि आइसोलेसन व्यवस्थापनमा सकस परेको छ।

केही दिनअघि पुर्पक्षका लागि ल्याइएका ७ जना थुनुवामा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा अन्यको जाँच गराउँदा ५९ जनामा संक्रमण देखिएको जिल्ला कारागार सिरहका निमित्त प्रमुख बबिता महतोले बताइन ।

‘नयाँ आएका सात जना थुनुवालाई छुट्टै ठाउँमा राखेका थियौं । तर, उनीहरुलाई ज्वरो आएपछि जाँच गराउँदा पोजेटिभ देखिएको थियो,’ महतोले भनिन्, ‘उनीहरुमा पोजेटिभ देखिएपछि अन्यको पनि परीक्षण गराएका थियौं ।’ महतोले पहिला देखिएका ७ जना संक्रमितको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको जानकारी दिइन् । हाल संक्रमित भएकामध्ये अधिकांशलाई लक्षण भने देखिएको छैन।

सिरहा कारागारको १ सय ५० जना कैदी बन्दी राख्ने क्षमता छ । तर, अहिले कारागारमा ५ सय ९६ जना कैदी बन्दीलाई राखिएको छ । यसमध्ये १८ जना महिला र २ जना आश्रित बालबालिका रहेको कारागार प्रमुख महतोले बताइन् । कारागारको क्षमताभन्दा धेरै कैदी बन्दी भएकाले संक्रमितलाई राख्ने ठाउँको पनि अभाव भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार