बिग्रेका भेन्टिलेटर नि:शुल्क बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र

बिग्रेका भेन्टिलेटर नि:शुल्क बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र

काठमाडाैँ  । सामाजिक अभियन्ता महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले राष्ट्रिय ट्रमा सेन्टरको बिग्रेका ७ वटा भेन्टिलेटरहरू नि:शुल्क बनाइदिएको छ।

राष्ट्रिय आविष्कार केन्द्रका बायो-मेडिकल ईन्जिनियरहरूले तीन दिन लगाएर उक्त भेन्टिलेटरहरू बनाइ दिएको केन्द्रका संस्थापक महावीर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

उनले फेसबुकमा लेख्दै भनेका छन्, ‘ल सुन्नु होस्, नेपालको एक मात्र National Trauma Center, महाबौद्धको ७ वटा बिग्रेको भेन्टिलेटरहरु ३ दिनमा बन्यो। ती भेन्टिलेटरहरु Bella Vista कम्पनीका थिए र नयाँमा प्रति भेन्टिलेटर झन्डै १९ लाख रुपिंया बजार मुल्य पर्ने रहेछ। सो सेन्टर भारत सरकारको सहयोगमा बनेको रहेछ।’

यसका साथै उक्त भेन्टिलेटरहरु बनाउनको लागि चाहिने सेन्सरहरु केहि दिन अगाडि नयाँ दिल्लीबाट सन्दीप रानाले ९८ हजार रुपैंया आफैँले तिरेर ल्याई दिएका थिए।उनले पैसा लिन मानेनन् र ती सेन्सरहरु दान गरेका थिए। ती सेन्सरहरु भारतमा ५ हजार नेपाली रुपैंया प्रति गोटा पर्छ।

महावीरले आविष्कार केन्द्रले अरु अस्पतालहरुबाट पनि अनुरोध आइरहेको र अरु भेन्टिलेटरहरु पनि सके सम्म मर्मत गर्ने प्रयास भइरहेको जनाएका छन्।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार