आगामी तीन दिन माैसम धुम्म हुने, वर्षाकाे सम्भावना भने क्षीण

आगामी तीन दिन माैसम धुम्म हुने, वर्षाकाे सम्भावना भने क्षीण

काठमाडाैँ, १० माघ । आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नरहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । बदली भएरै देशैभरि माैसम धुम्म हुने अनुमान गरिएकाे छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय रेखा अझै रहेका कारण देशभर बदली भएको हाे । अहिले यो रेखाले पानी पार्ने सम्भावना एकदमै कम भए पनि आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना पनि नदेखिएको बताएका छन् ।

file photo

पश्चिमी न्यून चापीय प्रणाली नभै रेखा मात्रै रहेको कारण पानी पर्ने सम्भावना क्षीण रहेकाे हाे । तर घाम भने नलाग्ने र मौसम धुम्म नै भइरहने हुन्छ । तर सीमित स्थानमा हल्का क्षणिक वर्षा हुन पनि सक्ने बताइएको छ । मौसम बदलीका कारण दिनभर घाम नलाग्ने भएकाले अधिकतम तापक्रम घटेर जाडो बढ्नेछ ।

काठमाडौं उपत्यकामा पनि अहिले मौसम बदली छ । मौसमविद्हरुका अनुसार पानी पर्ने सम्भावना भने छैन । तर दिनभर घाम पनि नलाग्ने बताइएको छ ।

मौसम बदली भएपछि अर्थात् आकाशमा बादल लागेपछि तराईमा हुस्सु/कुहिरो लाग्न छाड्छ । मौसमविद्का अनुसार पश्चिमी तराईमा अहिले हुस्सु कुहिरो नै लागेको छैन भने मध्य र पूर्वी तराईमा लागेको हुस्सु कुहिरो पनि हट्ने क्रममा छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार