सर्लाहीमा ट्रकमा लोड गरिएको अवस्थामा ३०९ किलो गाँजा बरामद

सर्लाहीमा ट्रकमा लोड गरिएको अवस्थामा ३०९ किलो गाँजा बरामद

काठमाडौँ । सर्लाहीमा प्रहरीले ट्रकमा लोड गरिएको ३ सय ९ किलो गाँजा बरामद गरेको छ । ना ४ ख ७७४८ नम्बरको १० चक्के ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा पर्सा गाउँपालिका वडा नम्बर ५ डोमोवा टोलबाट शनिबार राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए । ट्रकका चालक एवं गाँजा ओसारपसार गर्ने व्यक्तिहरु फरार भएकोले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ११ वटा पोकामध्ये ९ वटामा ३१ किलोका दरले र २ वटामा १५ किलोका दरले गाँजा बरामद भएको छ । सर्लाहीको पूर्वी भेगमा ग्रामिण इलाका हुँदै लागूऔषध नेपाल–भारत दुवैतर्फ ओसारपसार भइरहेको सूचना आएपछि जिल्ला प्रहरी प्रमुख सन्तोष सिंह राठौर नेतृत्वको टोली अनुगमनमा खटिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार