२४ घण्टामा थपिए १०३९ कोरोना संक्रमित

२४ घण्टामा थपिए १०३९ कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार १ सय ५९ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा १ हजार १७३ जना कोरोनाबाट निको भएका छन्। मन्त्रालयका अनुसार हालसम्म ३८ हजार ६९७ जना कोरोनाबाट निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको मन्त्रालयले जनाएको छ। हालसम्म ३ सय ४५ जना मृतकमा कोरोना पुष्टि भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार