अब पीसीआर टेष्ट गरेको दुई हजार

अब पीसीआर टेष्ट गरेको दुई हजार

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढिरहँदा पीसीआर टेस्ट गर्दा लाग्ने शुल्क घटेको छ । सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा किटको मूल्यमा भारी गिरावट आएको छ । रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार