मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेटर भण्डारी घाइते

मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेटर भण्डारी घाइते

दुर्घटनामा घाइते भएका ललित भण्डारी।

काठमाडौँ । नेपाली क्रिकेट टोलीका सदस्य ललित भण्डारीसहित दुईजना दुर्घटनामा सख्त घाइते भएका छन्। आइतबार साँझ कञ्चनपुरमा भएको दुर्घटनामा भण्डारीसहित दुईजना घाइते भएका हुन्।

धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो । शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० मा बसोबासरत राष्ट्रिय क्रिकेट खेलाडी २८ वर्षका भण्डारी र उनका भाइ नाता पर्ने २४ वर्षका करन ठगुन्ना दुर्घटनामा घाइते भएका कञ्चनपुर प्रहरीले जानकारी दिएको छ।

उनीहरुलाई झलारीस्थित शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिए पनि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ  भण्डारीको अवस्था गम्भीर रहेकोले उनलाई हेलिकप्टरमार्फत काठमाडौँ लैजान खेलप्रेमीहरुले माग गरेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार