बरिष्ठ पाइलट विजय लामालाई कोराना संक्रमण

बरिष्ठ पाइलट विजय लामालाई कोराना संक्रमण

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका पाइलट लामाकाे आइतबार स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना देखिएको हो।

दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए। अहिले उनी सोल्टी होटेलको आइसोलेसनमा छन् । उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ ।

उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती पाइलट उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ। दुबै जना सोल्टीको आइसोलेसनमा रहेको कम्पनीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार