काठमाडौँ उपत्यकामा ६७६ संक्रमित थपिए

काठमाडौँ उपत्यकामा ६७६ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा थप ६ सय ७६ मा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा.  जागेश्वर गौतमले काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ संक्रमित फेला परेको जानकारी दिए । उनका अनुसार २४ घन्टामा जम्मा १० हजार ३७५ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट ८ लाख ६१ हजार ७८० परीक्षणहरु गरिएका छन् ।

यस्तै  २४ घन्टामा १ हजार ६२ जना डिस्चार्ज र ११ जनाको ज्यान गएको प्रवक्ता गौतमले जानकारी दिए । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार