भाइरल ज्वरोले बाजुरामा २ को मृत्यु, २ सयभन्दा बढी बिरामी

भाइरल ज्वरोले बाजुरामा २ को मृत्यु, २ सयभन्दा बढी बिरामी

बाजुरा — जिल्लामा भाइरल ज्वरोका कारण मृत्यु हुनेकाे संख्या २ पुगेकाे छ । मंगलबार जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुमा भाइरल ज्वरोका कारण मंगलबार साँझ ५५ वर्षीया मिमा कडाराको मृत्यु भएको थियो । सोही टोलका ७० वर्षीय दलबहादुर रावलको बुधबार विहान मृत्यु भएपछि मृत्यु हुनेको संख्या २ पुगेको हो । रावलको मृत्यु भएको वडाअध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिए ।

मृत कडाराको परिवारका ५ जना पनि बिरामी रहेका साप्पटा स्वास्थ्य चौकीका इञ्चार्ज विर्ज विकले बताए । गाउँपालिका १ का विभिन्न स्थानमा ‘सिजनल फ्लू’ भनिएको भाइरल ज्वरोका कारण २ सय १५ जनाभन्दा बढी बिरामी भएका स्वामीकार्तिक खापर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुबेर शाहीले बताएका छन्।

सिङ्गो गाउँ नै बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको छ। एक सातायता बिरामीको संख्यामा बृद्धि हुँदै गएको भन्दै स्वास्थ्यकर्मी विकले स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि र जनशक्ति नहुँदा समस्या हुन थालेको बताएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार