सात हजार किलो प्याजसहित पसल सञ्चालक नियन्त्रणमा

सात हजार किलो प्याजसहित पसल सञ्चालक नियन्त्रणमा

काठमाडौँ । सिरहामा कालोबजारी गरेको अभियोगमा सिरहामा साढे सात हजार किलो प्याजसहित पसलका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार अनुगमन टोलीले ७ हजार ४ सय ४० किलो प्याजसहित सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

गोलबजार, मिर्चैया र लहानका बजारको पसल र गोदाममा प्रहरीले छापा मारेको थियो। प्याजको कालोबजारी भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रशासन कार्यालय लहानका प्रतिनिधिसहित उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा जिल्ला प्रहरीबाट खटेको टोलीले बिक्रीको लागि राखिएको प्याज पसल तथा गोदामबाट सञ्चालकलाई नियन्त्रणमा लिइएको घिमिरेले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार