नारायणगढ–मुग्लिन सडक खुल्यो

नारायणगढ–मुग्लिन सडक खुल्यो

फाइल फोटो

काठमाडौँ । पहिरो खसेर सडक अवरुद्ध गरेपछि बन्द भएको नारायणगढ मुग्लिन सडक बिहीबार सवा ११ बजेपछि खुलेको छ । इच्छाकामना गाउँपालिका ६ स्थिति चारकिलो भन्ने स्थानमा बिहीबार विहान ४ः३० बजे पहिरो खसेर सडक अबरुद्ध भएको थियो । पहिरो पन्छाएपछि विहान सवा ११ बजेपछि सडक दुईतर्फी नै खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सो स्थानमा दिनहुँजसो पहिरो खसेर घण्टौं सडक अवरुद्ध हुँदै आएको छ । यसअघि बुधबार पनि चारकिलो र पाँचकिलोमा पहिरो खसेर सडक अबरुद्ध भएको थियो । लामो तथा मध्यम दुरीका सार्वजनिक यातायात खुलेकै दिन सडक अवरुद्ध हुँदा धेरै सवारी साधन जाममा परेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार