विश्‍वमा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो, २ करोडभन्दा बढी निको भए

करिब ९ लाख ४४ हजारको मृत्यु

विश्‍वमा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो, २ करोडभन्दा बढी निको भए

करिब ९ लाख ४४ हजारको मृत्यु

काठमाडौँ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार शुक्रबार बिहान कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको हो ।

यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या तीन करोड ५९ हजार ८ सय ९६ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ४४ हजार ३ सय ५८ रहेको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये २ करोड ४ लाखभन्दा बढी निको भएका छन् ।

त्यस्तै कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा शुक्रबार बिहानसम्म ६६ लाख ७२ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा एक लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब २५ लाख ४० हजार रहेको छ ।

कोरोना भाइरसको संक्रमणको हिसाबले भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ लाख १८ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ हजारभन्दा बढी पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये भारतमा करिब ४० लाख निको भएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार