बाँकेमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु

बाँकेमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । बाँकेमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको ठाकुरद्धारा नगरपालिका-७ का ६४ वर्षीय कोरोना भाइरसबाट संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको हो।

उनको बुधबार दिउँसो ४ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलुपरमा मृत्यु भएको छ। उनलाई असोज ४ गते विहान अस्पताल भर्ना गरिएको थियो। असोज ५ गते पिसिआर परीक्षणका गर्दा उनलाई कोरोना पुष्टि भएको थियो।

फोक्सोको देब्रे भागमा निमोनियाको गम्भीर संक्रमण देखिएका उनको त्यसैका कारण उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार