सीमा विवादबारे जानकारी दिने हुम्लाका सहायक प्रजिअलाई सरकारले सोध्यो २४ घन्टे स्पष्टिकरण

Corona-Ad-Raptisonari

सीमा विवादबारे जानकारी दिने हुम्लाका सहायक प्रजिअलाई सरकारले सोध्यो २४ घन्टे स्पष्टिकरण

Florence Ad

सिमकोट । हुम्लाको उत्तरी सीमा लाप्चाको नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको विषयलाई लिएर गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई चौबीस घण्टे स्पष्टिकरण सोधेको छ ।

केही साताअघि जनप्रतिनिधिहसँंग लाप्चामा पुगेर फिर्ता भएका सहायक प्रजिअ हमालले जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाको भनाइलाई आधार मानेर चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन जिल्लामा पेश गरेको र सो प्रतिवेदन मन्त्रालयमा पठाइएको थियो ।

त्यही प्रतिवेदनका आधारमा मन्त्रालयले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा सुरक्षा समितिको टोलीलाई यसबारेमा सत्यतत्थ्य बुझ्न र सिमा स्तम्भको बारेमा अनुगमन गर्न लाप्चा खटाएको थियो । प्रजिअको टोली स्थलगत भ्रमणबाट फर्किसकेको छैन।

घटनास्थलको बास्तविकता बाहिर नआउँदै सरकारले सहायक प्रजिअ हमाललाई स्पष्टीकरण सोधेको हो। प्रजिअको टोली जिल्लामा आई नपुग्दै सहायक प्रजिअ हमाललाई छोटो अबधिको समय दिएर स्पष्टिकरण सोध्नुलाई आश्चर्यजनक रुपमा हेरिएको छ।

सहायक प्रजिअ हमालले देशसञ्चारसँग संक्षिप्त प्रतिक्रिया दिँदै सीमा विवादकै विषयमा चौबीस घण्टे स्पष्टिकरण मन्त्रालयले सोधेको बताए । उनले स्पष्टिकरणको जवाफ लेख्ने तयारी गरिरहेको बताए । सरकारले चीनसँगको सीमामा कुनै विवाद नभएको स्पष्टीकरण बुधबार दिइसकेको छ।

Dunduwa Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Musikot-Ad