सप्तरीमा कोरोना संक्रमित एक सरकारी कर्मचारीको मुत्यु

सप्तरीमा कोरोना संक्रमित एक सरकारी कर्मचारीको मुत्यु

काठमाडौँ । सप्तरीमा कोरोना संक्रमति एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयमा सप्तरीमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणले बिहीबार बिहान ५ बजेतिर मृत्यु भएको हो ।

भदौ ३१ गते कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा रहँदै आएका थिए । शुरुवाती समयमा ज्वरो देखिए पनि पछिल्लो चार दिन यता उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताए । स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा उनको मृत्यु भएको ठाकुरले बताए ।

मृत्यु भएका पुरुष प्रमुख जिल्ला अधिकारीको  निवासमा खाना पकाउने काम गर्दै आएका थिए । योसँगै सप्तरी जिल्लामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार