ललितपुरको भट्टेडाँडामा पहिरो जाँदा पाँच जना घाइते

ललितपुरको भट्टेडाँडामा पहिरो जाँदा पाँच जना घाइते

काठमाडौँ । ललितपुर बागमती गाउँपालिका ३ भट्टेडाँडास्थित कान्ति लोकपथमा पहिरो जाँदा दुई टिपर र एक मोटरसाइकल पुरिएका छन्। पहिरोमा परी पाँच जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

बुधबार साँझ पहिरो गए पनि बिहीबार बिहानमात्र उद्धारमा प्रहरी पुगेको छ। घाइते पाँचै जनाको स्थानीय स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन्। उनीहरूलाई थप उपचारका लागि कतै पनि ल्याउन नसकिएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ।

घाइतेमध्ये कुमार नगरकोटीको अवस्था गम्भीर छ। उक्त ठाउँमा गाडी जाननसक्ने भएकोले उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार