खानेपानी तथा सरसफाइ सम्बन्धि एक दिने अभिमुखिकरण

खानेपानी तथा सरसफाइ सम्बन्धि एक दिने अभिमुखिकरण

फागुन ६ रुकुम पूर्व
भुमे गाउँपालिका वडा न ६ धर्मशालाको आर्थिक सहयोग र रुकुमेली समाज बिकास केन्द्र रुकुमको प्राबिधिक सहयोग मा विभिन्न समुहलाइ खानेपानी तथा सरसफाइ सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा सदस्य राम कुमारी सुनारको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न आमा समूह , कृषि समुह , युवा समूह , महिला समुह लगाएत ४० जनाको सहभागिता रहेको थियो ।
अभिमुखिकरण कार्यक्रममा खानेपानी मुहानको संरक्षण , खानेपानीको महत्त्व खानेपानी को सुदृढीकरण , सरसफाइका ७ सुचक लगाएतको बारेमा प्रष्ट पारिएको हो ।
अभिमुखिकरण कार्यक्रमको प्रशिक्षण रुकुमेली समाज बिकास केन्द्रद्वारा संचालित खानेपानी तथा सरसफाइ कार्यक्रमका वास अधिकृत संगम देबकोटाले दिएको बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार