काठमाण्डौ उपत्यकामा ८१७ जनामा कोरोना सङ्क्रमण

काठमाण्डौ उपत्यकामा ८१७ जनामा कोरोना सङ्क्रमण

काठमाण्डौँ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ८ सय १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ६ सय ४९ जना, ललितपुरमा एक सय ३२ जना र भक्तपुरमा ३६ गरी आठ सय १७ जनामा कोरोना देखिएको हो ।

सोमबार काठमाण्डौ उपत्यकामा आठ सय १७ सहित देशैभर एक हजार तीन सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार सात सय ४५ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार