बुधबार नेपालमा थप १५५९ जनालाई कोरोना पुष्टि

बुधबार नेपालमा थप १५५९ जनालाई कोरोना पुष्टि

प्रतिकात्मक तस्बिर

काठमाडौं । बुधबार देशभर थप १ हजार ५५४ जना कोरोनाका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन । योसँगै हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ। यस अवधिमा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन्।

हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ४९८ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा ९०२ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ६९७, भक्तपुरमा ९३ र काठमाडौंमा ११२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार