मलिन अनुहार लिएका शुभेच्छुकहरुलाई बास्कोटाले बालकोटमा भने, ‘पिर मान्नु पर्दैन’

मलिन अनुहार लिएका शुभेच्छुकहरुलाई बास्कोटाले बालकोटमा भने, ‘पिर मान्नु पर्दैन’

घुस अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिएका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले आफ्नो प्रकरणमा अख्तियार, सीआइबी, संसद र पार्टीले छानबिन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएर बालुवाटारबाट आफ्नो निवास बालकोट पुगेका पूर्वसञ्चारमन्त्री बास्कोटाले मलिन अनुहार लिएका आफ्ना शुभेच्छुकमाझ भने, ‘जब प्रश्न उठ्यो, ठीक होला, बेठीक होला, सत्य होला, असत्य होला, एनिमेसन होला, केके होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो। तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन र ढ्याक्क राजीनामा दिएकाे हो। यसमा पिर मान्नु पर्दैन।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा उल्लेख गरेअनुसार बास्कोटाले शुभेच्छुकहरुमाझ भने, ‘यसमा अब अख्तियार, सिआइबी, संसद र पार्टीले पनि छानबिन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ।’

उनले आफ्नाबारेप्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएकाे पनि दोहोर्‍याएका छन्। बास्कोटाले आफूमाथि आरोप आएपछि बिहीबार दिउँसो ट्विटमार्फत राजीनामा सार्वजनिक गरेका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार