विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

पाँचथर – छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेका पाँचथर फाल्गुनन्द गाउँपालिका १ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।

कक्षा ३ मा पढ्ने १४ वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक मोहनप्रसाद दुलाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोहनराज अर्यालले बताउनुभयो ।

पीडित बालिकाकी आमाले दुलाल विरुद्ध प्रहरीमा उजुरी दिएपछि दुलाललाई बिहीबार पक्राउ गरिएको हो । बुधबार प्रधानाध्यापक दुलालले संवेदनशील अङ्गमा हात लगाएको भन्दै छात्रा रुँदै घर पुगेपछि घटना सार्वजनिक भएको थियाे ।

दुलालले यसअघि पनि पटक/पटक दुर्व्यवहार गर्दै आएको पीडितका आफन्तले बताएका छन् ।पक्राउ परेका दुलालमाथि अनुसन्धान भईरहेको पाँचथर प्रहरीले जनाएको छ ।

घटना सार्वजनिक भएपछि दुलालले घटनालाई मिलाउन केही स्थानीय नेतामार्फत बालिकाको परिवारलाई दबाब दिएका थिए । गाउँमा मिल्न ईन्कार गर्दै बालिकाकी आमाले प्रहरीमा उजुरी दिनुभएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार