प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव दर्ता

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव दर्ता

काठमाडौँ । प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा पेस गरेका छन् । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ ।

यसअघि शुक्रबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको मन्त्री केसीले बताए । दाङको देउखुरीलाई केन्द्रमा राखेर गढवा, राप्ती गाउँपालिका र अर्घाखाँची शितगंगा नगरपालिकालाई पनि राजधानीमा जोड्ने प्रस्ताव मन्त्री केसीले प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

नेपालको संविधानले प्रदेश राजधानी र प्रदेशको नाम तोक्ने अधिकार प्रदेश सभालाई दिएको छ । प्रदेश सभाले स्थायी राजधानी र नामको बारेमा निर्णय गर्नका लागि कार्यदल गठन गरेको थियो । प्रदेश सभामा मन्त्री केसीले प्रस्ताव पेस गरेपछि केही सांसदहरूले भने विरोध जनाएका थिए । राजधानी र नामांकरणका लागि दुई तिहाई मत चाहिन्छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार