आइतबार थपिएका २२५३ जना कोरोना संक्रमित कुन जिल्लामा कति भेटिए ?

आइतबार थपिएका २२५३ जना कोरोना संक्रमित कुन जिल्लामा कति भेटिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २२ सय ५३ जना कोरोना संक्रमित भेटिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभरि कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ।
प्रदेश १ को उदयपुरमा २, खोटाङमा ३, झापामा १६, भोजपुरमा १, मोरङमा ८१, संखुवासभामा १ र सुनसरीमा ८ जनामा कोरोना छ। प्रदेश २ को धुनषामा ९, पर्सामा ८, बारामा ७, महोत्तरीमा १, रौतहटमा ५, सप्तरीमा ३, सर्लाहीमा ६ र सिरहामा ७ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ३ सय ७३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १०, चितवनमा ५२, दोलखामा २, धादिङमा ८, नुवाकोटमा १४, भक्तपुरमा ३९, मकवानपुरमा २२, रसुवामा २, रामेछापमा २, ललितपुरमा १ सय ८७ र सिन्धुपाल्चोकमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४, तनहुँमा १९, नवलपरासी पूर्वमा ४०, लमजुङमा ७, बाग्लुङमा ३ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश ५ को कपिलवस्तुमा ४, गुल्मीमा ४, दाङमा ९, नलवपरासीमा १, पाल्पामा १५, प्युठानमा ५, बर्दियामा १३, बाँकेमा ५० र रुपन्देहीमा ५२ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा ८, रुकुम पश्चिममा २, सल्यानमा २, सुर्खेतमा ५४, जनामा कोरोना पुष्टि भएको छ।

सुदूरपश्चिमको कञ्चनपुरमा २१, कैलालीमा ५५, डडेल्धुरामा १, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये २२ हजार २ सय १९ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार ७ सय ८४ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ४ हजार २ सय ३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार